गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु, कुटपिटमा संलग्न देवर पक्राउ

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका देवर बलबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नै भाउजु ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा लगिएको थियो ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराईबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो । घटनाको अनुसन्धानका क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार असोज २८ गते बिहान करिब ११ बजे घाइते लिलालाई उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट घर लैजाने क्रममा अवस्था शंकास्पद देखिएपछि दिउँसो करिब १२ः३० बजे गुल्मी जिल्ला अस्पताल, तम्घासमा जाँच गराइएको थियो ।
अस्पतालमा जाँचका क्रममा दिउँसो करिब २ बजे चिकित्सकले लिलालाई मृत घोषणा गरेका थिए ।
घटनामा कुटपिट गर्ने बलबहादुर खत्रीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...