बुटवलमा श्रीमानको कुटपिटबाट घाइते महिलाको मृत्यु, आरोपी पक्राउ

बुटवल । बुटवलमा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी ४५ वर्षीया कमला थापाको उपचारका क्रममा मृत्यु भएको छ।
घटनापछि फरार भएका उनका श्रीमान् ५० वर्षीय धनबहादुर जोगी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।
बुटवल उपमहानगरपालिका–११, मजुवामा बस्दै आएकी कमलामाथि असोज २४ गते राति करिब ९ः३० बजे कुटपिट भएको प्रहरीको भनाइ छ। कुटपिटसहित ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका कुँवरलाई प्रहरीले खोजी गर्ने क्रममा असोज २५ गते साँझ करिब ७ः३० बजे बुटवल उपमहानगरपालिका–१ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घरभित्रै हुने हिंसाले महिलाको ज्यानसमेत जोखिममा पर्ने घटनाले घरेलु हिंसाको गम्भीरतालाई फेरि उजागर गरेको छ।
घरेलु हिंसालाई पारिवारिक विषय भनेर बेवास्ता नगरी पीडितलाई समयमै सहयोग गर्ने र हिंसाविरुद्ध आवाज उठाउने आवश्यकता यस घटनाले देखाएको छ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...