कपिलवस्तुमा ट्रक र प्यूठान जाँदै गरेकाे इभी गाडी ठाेक्किदा तीन जना घाइते

बुटवल । कपिलवस्तु शिवराज नगरपालिका – ७ रुद्रपुर स्थित हुलाकी सडकखण्डमा ट्रक र इभी गाडी ठाेक्किदा तीन जना घाइते भएका छन् ।
काठमाण्डौबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र.०१-००१ ख ४००८ नं.को ट्रकलाई कृष्णनगरबाट प्युठान जादै गरेको लु.प्र.०२-००१ च ०१०८ नं.को E.V.गाडी (११ सिट क्षमता भएको) ले बाँयाबाट ओभर ट्याक गर्ने क्रममा दुवै गाडी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हाे ।
प्रहरीका अनुसार दुर्घटनामा E.V. गाडीमा सवार तीन जना घाईते भई उपारको लागी संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएकोमा प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।
दुवै सवारी साधन र दुवै चालक इ.प्र.का.बहादुरगंज कपिलवस्तुको नियन्त्रणमा रहेको छ ।
ट्रक चालक दाङ लमही न.पा.९ रिहाह बस्ने बर्ष अं.२३ को अर्जुन कुमाल र E.V. गाडी चालक जिल्ला दाङ गढवा गा.पा.१ चिसापानी बस्ने बर्ष अं.२९ को अशोक वि.क. दुवै जना इ.प्र.का.बहादुरगंज कपिलवस्तुको नियन्त्रणमा छन् ।
घाइते –
१- बर्दिया मधुवन न.पा.७ ताराताल बस्ने बर्ष अं.१४ की हर्षिता अधिकारीको चिउडो,दांया हातमा चोट – अवस्था मध्यम ।
२- प्युठान नाैबहिनी गा.पा.८ बस्ने बर्ष अं.१८ को हिमाल परियारको दाहिने कुममा चोट, अवस्था मध्यम ।
३- ऐ.ऐ. बस्ने बर्ष अं.४२ को नारायाण परियारको टाउको,हात र शरिरको विभिन्न भागमा चोट अवस्था सिरियस ।
ऐ.१२:५० बजे तिनै जना घाईतेलाई बुटवल रिफर भएको प्रहरी रिपोर्टमा उल्लेख छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...