सडक दुर्घटनामा लुम्बिनी प्रदेशका वरिष्ठ अधिकृतको ज्यान गयो

दाङ। लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत चेतबहादुर केसीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
दाङको लमही नगरपालिका–१ सुण्डबरीस्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा केसीको ज्यान गएको हो।
घोराही उपमहानगरपालिका–१७ चौघेरा निवासी ५० वर्षीय केसी शुक्रबार साँझ करिब ६ बजे दुर्घटनामा परेका थिए।
प्रहरीका अनुसार नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको मोटरसाइकललाई सुण्डबरीमा ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। तर, चिकित्सकले साँझ साढे ६ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सरकारी सेवामा कार्यरत वरिष्ठ अधिकृत केसीको असामयिक निधनले उनको परिवार, आफन्त तथा सहकर्मीमाझ शोक छाएको छ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...