बुटवल उद्योग वाणिज्य संघको अधिवेशन शुरू, असोज २६ मा मतदान

यस्तो छ निर्वाचन कार्यतालिका
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशन असोज २३ गते शुक्रबारदेखि २६ गतेसम्म हुँदैछ।
अधिवेशनसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेकाे छ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। निर्वाचनका लागि मतदाता नामावली यसअघि नै असोज १५ गते प्रकाशन भइसकेको छ।
यस्तो छ निर्वाचन कार्यतालिका
असोज २३ गते
साँझ ५ देखि ६ बजेसम्म– उम्मेदवारी मनोनयनपत्र वितरण
साँझ ६ देखि ७ बजेसम्म– उम्मेदवारी दर्ता
राति ८ बजे– उम्मेदवारको प्रथम नामावली प्रकाशन
असोज २४ गते
बिहान ८ देखि ९ बजेसम्म– उम्मेदवारविरुद्ध दाबी–विरोध
बिहान ११ बजेसम्म– उम्मेदवारी फिर्ता
बिहान ११ः३० बजे– उम्मेदवारको अन्तिम नामावली प्रकाशन
कुनै पदमा एकभन्दा बढी उम्मेदवारी परेमा उम्मेदवारको नाम अन्तिम नामावली तथा मतपत्रमा अंग्रेजी वर्णानुक्रमअनुसार राखिने निर्वाचन समितिले जनाएको छ।
अध्यक्षसहित २४ पदमा निर्वाचन
अधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सहकोषाध्यक्ष गरी पदाधिकारी चयन हुनेछन्।
त्यसैगरी कार्यसमिति सदस्यतर्फ उद्योगबाट ४, वाणिज्यबाट ४, महिलाबाट २ र खुलातर्फ ७ गरी १७ जना सदस्य निर्वाचित हुनेछन्।
निर्वाचन समितिले उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। अध्यक्षका लागि १ लाख रुपैयाँ, अन्य पदाधिकारीका लागि ५० हजार, एसोसिएट सदस्यका लागि ४० हजार र सदस्य पदका लागि २५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। शुल्क फिर्ता नहुने जनाइएको छ।
यसैबीच संघको अधिवेशनको तयारी पूरा भएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताएका छन्। नयाँ नेतृत्वका लागि चुनावी गतिविधि पनि तीव्र बनेका छन्। हाल अध्यक्ष पदका लागि नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरे नेतृत्वका समूहले उम्मेदवारी घोषणा गरिसकेका छन्।
अधिवेशनको उद्घाटन असोज २३ गते शुक्रबार बिहान १० बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हुने संघले जनाएको छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...