बुटवल उद्योग वाणिज्य संघमा टंकप्रसाद गैरे नेतृत्वको अर्को प्यानल घोषणा

नेतृत्वका लागि प्रतिस्पर्धा थप राेचक बन्दै
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरेको नेतृत्वमा ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ नारासहितको प्यानल चुनावी मैदानमा उत्रिएको छ। प्यानलले बिहीबार पदाधिकारी तथा सदस्य उम्मेदवारसहित १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
गैरे नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा यमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे र सह–कोषाध्यक्षमा जाकिर हुसेन उम्मेदवार बनेका छन् ।
सदस्यतर्फ बालकृष्ण पौडेल, दीपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ, सुनिता अर्याल, मनिषकुमार हयोजु, मिलनकुमार भारी, राजेश भट्टराई, सुनिता गिरी, सुकमाया श्रेष्ठ ध्वजु (सीता), सुष्मा केसी लगायतले उम्मेदवारी दिएका छन्। खुलातर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेशप्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशीलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे उम्मेदवार छन्।
प्यानलले उद्योगी–व्यवसायीको हित र संरक्षण, व्यवसायमैत्री वातावरण, लगानी तथा उद्योगको सुरक्षा, बुटवलको पूर्वाधार विकास, बजार विस्तार, डिजिटल व्यवसाय प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकास र संस्थागत पारदर्शितालाई प्राथमिकतामा राखेको जनाएको छ।
यसअघि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले पनि उम्मेदवारी घोषणा गरिसकेको छ। पौडेल समूहले ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ नारासहित २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको थियो।
यससँगै बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...