श्रीराम ग्यास उद्योगमा भण्डारण गरेका ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर फेला, तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ।
ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेला पारेको हो।
विभागले सो उद्योगलाई तीन लाख जरिवाना गराएको छ। ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...