रास्वपाकाे समानुपातिक सूचिमा काे काे परे ?

बुटवल । रास्वपाले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको सूची सार्वजनिक गरेको छ। पार्टीले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु तथा मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी उम्मेदवारहरूको नाम समावेश गरेको हो।
खस आर्य समूहबाट प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँको नाम समावेश गरिएको छ।
आदिवासी जनजाति समूहबाट बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पाको नाम सूचीमा रहेको छ।
त्यसैगरी मधेसी समूहबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण रहेका छन्।
दलित समूहबाट रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा र खिमा विकको नाम समावेश गरिएको छ।
थारु समुदायबाट गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी तथा मुस्लिम समुदायबाट समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानीको नाम समानुपातिक सूचीमा समेटिएको छ।
पार्टीले विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ यो सूची सार्वजनिक गरेको जनाएको छ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...