ईभी माईक्रो दुर्घटनामा ७ भारतीय नागरिकको मृत्युु

गाेरखा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए ।
तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । शनिबार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ ।
ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
अजरन्यूज डेस्क बुटवल । नेपाल प्रहरीको इतिहासमा बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले नयाँ बहस जन्माएको ...
काठमाडौं । नेपाल प्रहरीको नेतृत्वमा अप्रत्याशित फेरबदल भएको छ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) ...
सुनवल । सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको हाइसको ठक्करबाट पश्चिम नवलपरासीको सुनवलमा एक महिलाको ज्यान गएको छ। सुनवल ...