ग्यास लुकाएको डिलरलाई ५० हजार जरिवाना

बुटवल । एलपी ग्यास लुकाइछिपाइ राखेको आरोपमा पाेखराकाे एक डिलरलाई जिल्ला प्रशासनले कारबाही स्वरूप ५० हजार जरिवाना गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले अनुगमनका क्रममा ग्यास लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको भन्दै पोखरा– ६ जरेवरमा रहेको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना लगाएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले उक्त डिलरले ४८ थान ग्यास सिलिण्डर (१४.२ केजी) अनुचित रूपमा लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको पाइएकाले जरिवाना लगाएको बताइन्।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...