प्रहरी नेतृत्वमा फेरबदल : दानबहादुर कार्कीको स्थानमा मनोज केसी

काठमाडौं । नेपाल प्रहरीको नेतृत्वमा अप्रत्याशित फेरबदल भएको छ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्व सुम्पने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। यससँगै कार्कीको आईजीपी कार्यकाल टुंगिएको छ। उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ।
नवनियुक्त आईजीपी केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए। अनुसन्धान क्षेत्रमा काम गरेको अनुभवसहित उनी अब देशभरको प्रहरी संगठनको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
रोचक पक्ष के छ भने कार्की र केसी एउटै ब्याचका प्रहरी अधिकारी हुन्। दुवैले ३१ मार्च १९९८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। यसअघि आईजीपी नियुक्तिका बेला पनि केसी प्रतिस्पर्धामा थिए। सरकारले त्यतिबेला कार्कीलाई प्रहरी नेतृत्वको जिम्मेवारी दिएको थियो।
कार्की २०८२ कात्तिकमा नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त भएका थिए। उनको कार्यकाल नसकिँदै भएको यो निर्णयले प्रहरी संगठनको नेतृत्व परिवर्तनलाई फेरि चर्चामा ल्याएको छ।
अब केसीको नेतृत्वमा नेपाल प्रहरीले अनुसन्धान, शान्तिसुरक्षा र संगठनात्मक व्यवस्थापनलाई कसरी अघि बढाउँछ भन्ने चासो बढेको छ।
अजरन्यूज डेस्क बुटवल । नेपाल प्रहरीको इतिहासमा बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले नयाँ बहस जन्माएको ...
सुनवल । सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको हाइसको ठक्करबाट पश्चिम नवलपरासीको सुनवलमा एक महिलाको ज्यान गएको छ। सुनवल ...
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...