प्यूठानको टिकुरी नजिकै रास्वपाको प्रचार गर्दै हिडेको गाडीले ठक्कर दिदा चार जना घाईते

प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी प्रचारको गाडीले ठक्कर दिँदा प्यूठानमा चार जना घाइते भएका छन् । प्यूठान नगरपालिका बाग्दुला नजिकै लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन् ।
साथै दुर्घटनामा स्कुटर चालक लमही नगरपालिका– ६ देउपुर दाङ बस्ने वर्ष २६ का दीपक पोख्रेल र उनकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...