कांग्रेसले मात्रै देश सम्हाल्न सक्छ : गगन थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसले मात्रै देशलाई सम्हाल्न सक्ने दाबी गरेका छन् ।
कांग्रेसले आज शुक्रबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले नयाँ र पुराना भनिने दलहरुले भोट मागेपनि उनीहरुले देश सम्हाल्न नसक्ने जिकिर गरे ।
उनले अहिलेको निर्वाचनमा कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नरहेको बताए । ‘कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण छैन, तपाईंहरुले सबै मतदातालाई स्पष्ट रुपमा भन्नुस् ।’ उनले भने ।
सभापति थापा आजै कपिलवस्तुमा आयोजना हुने चुनावी सभामा सहभागी हुँदैछन ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...