निर्वाचन बहिष्कार र आन्दोलन एकसाथ गर्ने घोषणा

अजरन्यूज संवाददाता
बुटवल । नेपालमा रहेका चार बामपन्थी कम्युनिष्ट दलहरुले निर्वाचन बहिष्कार र आन्दोलन एकसाथ गर्ने घोषणा गरेका छन ।
चार वटा पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले बिहिवार निर्वाचन बहिष्कार र आन्दोलनको घोषणा गरेको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको आज बिहिवार जारी बिज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा नेताहरु कट्टेल र बास्तोलालाई रिहा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
जसअन्तरगत फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरू गर्ने र फागुन १३ देखि १८ गतेका बिचमा स्थानीय अनुकूलता हेरेर इटहरी, जनकपुर, चितवन, काठमाडौँ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका सहरहरूमा बहिष्कार सभाहरू आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।
अजरन्यूज संवाददाता बुटवल । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग ...
अजरन्यूज संवाददाता बुटवल । रुपन्देही क्षेत्र नम्बर – २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले राष्ट्रियता अफ्ठ्यारोमा परेको ...
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रलाई खतरा हुने व्यक्ति हेलिकोप्टर चढेर भागिसकेको बताउँदै त्यो हेलिकोप्टर फेरि बालुवाटार ...