एमबीबीएसका विद्यार्थीद्धारा सिरिन्ज हानेर वृद्धको हत्या

झापा । एमबीबीएसका विद्यार्थीले सिरिन्ज हानेर झापामा एक वृद्धको ज्यान लिएका छन् ।
झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिरिन्ज प्रहार गर्ने सिंह धरानमा बसेर एमबीबीएस चौथो वर्षमा पढ्ने विद्यार्थी हुन् ।
सिरहाका एमबीबीएस अधययनरत २७ वर्षीय दीपेशकुमार सिंहले झापाको भद्रपुर–१० का ६६ वर्षीय खेमराज ढकाललाई सिरिन्ज हानेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार साँझ ढकाललाई घरबाहिर बोलाई घाँटीमा आधा गाडिने गरी सिरिन्ज रोपेका थिए । र, त्यसमा भरिएको रसायन शरीरभित्र पठाएका थिए । उक्त रसायन के थियो भन्नेबारे अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
उनका अनुसार, सिरिन्ज प्रहार गर्ने सिंह र ढकालकी छोरी एउटै कलेजका विद्यार्थी हुन् । उनीहरूबीचको रिसइबीका कारण यो घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...