प्यूठानमा उम्मेदवारबीच घमासान : दुई पालिकाबाट नौ जना भिड्दै

प्यूठान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्यूठानका दुई पालिकाबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा भिड्दै छन ।
प्यूठानको झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाबाट मात्रै जित हारमा सशक्त मानिने नौ जना उम्मेदवार चुनावी मैदानमा छन ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा झिमरुक गाउँपालिकाका ४ जना र प्यूठान नगरपालिकाका ५ जना स्थायी बासिन्दा प्रतिनिधिसभाको उम्मेदवार छन ।
उम्मेदवारहरुमध्ये एक जना निवर्तमान संघिय सांसद, एक जना लुम्बिनी प्रदेशका पूर्वमन्त्री र अर्का गाउँपालिकाका पूर्व अध्यक्ष रहेका छन ।
निर्वाचन कार्यालय प्यूठानका अनुसार झिमरुक गाउँपालिकाबाट उम्मेदवारी दिनेमा नेकपा (एमाले)बाट निर्वाचित विघटित प्रतिनिधिसभाका सदस्य सूर्य थापा (बाङ्गेमरोठ), राष्ट्रिय जनमोर्चाबाट अघिल्लो कार्यकाल झिमरुक गाउँपालिकाको अध्यक्ष रहेका तिलकबहादुर जिसी (बाङ्गेमरोठ), श्रम संस्कृति पार्टीका गोविन्द गिरी (टिमुरचौर) र नेपाली जनता दलका विमल पोख्रेल (बाँदिकोट) रहेका छन् ।
यसैगरी प्यूठान नगरपालिकाबाट उम्मेदवार बनेकामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य एवं पूर्वमन्त्री कृष्णध्वज खड्का (पुण्यखोला), राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा अर्थशास्त्री सुसान्त वैद्यिक (खैरा), राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डित (धर्मावती), प्रगतिशील लोकतन्त्र पार्टीका श्याम गहतराज (विजुवार) र मंगोल नेशनल अर्गनाइजेशनका हर्कबहादुर पुन (माझकोट–६) छन् । दुई पालिकाबाट यति धेरैको उम्मेदवारी परेको बिरलै भेटिएको छ ।
त्यस्तै, प्यूठानका अन्य पालिकाबाट नेपाली कांग्रेसबाट निवर्तमान केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल (ऐरावती–रस्पुरकोट), विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट सीता बि.क. ‘सम्झना’ (गोठिवाङ) र आम जनता पार्टीबाट रामबहादुर थापा (गौमुखी–अर्खा) उम्मेदवार छन् ।
यतिबेला सबै उम्मेदवारहरु आफ्नो जित सुनिश्चित गर्न बिभिन्न पालिकामा मतदातासंग भेटघाटमा व्यस्त छन । उनिहरुमध्ये केही जिल्ला बाहिर रहेका मतदातालाई भेट्न समेत पुगेका छन । जिल्लामा दलहरुबीच कडा टक्कर देखिएको विश्लेषकहरुले बताउने गरेका छन । बिगतमा दलहरुबीच चुनावी तालमेल हुने गरेको भएपनि यसपटक सबै दलहरु एक्ला एक्लै चुनावमा होमिएका छन । यसले कुन दलको जनाधार के हो भन्ने देखाउने छ । प्यूठानमा दुुई नगरपालिका र सात गाउँपालिका रहेका छन ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...