उत्पादन र निर्यातमुखी नीति लिए नेपालमा उद्योगको राम्रो सम्भावना रहेको उद्योगीहरूको निष्कर्ष

रुपन्देही (मणिग्राम) २२ माघ ।
सरकारले उत्पादन र निर्यातमुखी सशक्त नीति लिएको खण्डमा नेपालमा उद्योगको राम्रो सम्भावना रहेको उद्योगीहरूले निष्कर्ष निकालेका छन् ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा इण्डष्ट्रि–एकेडेमिया टक (उद्योगीसँग प्राज्ञिक बहस) का सहभागीले यस्तो निष्कर्ष निकालेका हुन् । संवादमार्फत् व्यवसाय बुझ्ने उद्देश्य सहित सञ्चालित कार्यक्रममा उद्योगी, प्राध्यापक र विद्यार्थीबीच प्राज्ञिक–व्यवहारिक विमर्श भएको थियो ।
क्याम्पसको व्यवस्थापन तथा अर्थशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा उद्योगीद्वयः एस आर गु्रप इण्डष्ट्रिजका प्रबन्ध निर्देशक सुरज उप्रेती र दुर्गालक्ष्मी इञ्जिनियरिङ् एण्ड अल्मुनियम इण्डष्ट्रिजका प्रबन्ध निर्देशक माधव रेग्मी लगायतले औद्योगिक जगतका आफ्ना अनुभव तथा सम्भावना सहित छलफल गरेका थिए । सोही अवसरमा पेशाले उद्योगी समेत रहेका राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले अध्ययन, सोच र आँट भएमा औद्योगिक यात्रा सफल हुने बताए ।
वृत्तिउन्मुख सिकाइका लागि क्याम्पसले प्रयोगात्मक प्राज्ञिक कार्य गर्दै आएको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उल्लेख गरे ।
व्यवस्थापन तथा अर्थशास्त्र विभागका संयोजक जगन्नाथ बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन विभागका संयोजक राजेन्द्र थापा, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायत प्राध्यापक, एम.बी.एस्. तथा बी.बी.एस्.का विद्यार्थी लगायतको उपस्थिति थियो ।
उपप्राध्यापक कृष्णकुमार रेग्मीको स्वागत, क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीको मध्यस्थता तथा उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...
बुटवल । कपिलवस्तुको चन्द्रौटामा सुन चोरी गरेको अभियाेगमा दुई पाकिस्तानी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया विवि ...