रास्वपा रुपन्देहीका नेता कुँवरद्धारा पार्टीबाट राजिनामा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका नेता एवं पार्टी भित्र प्रतिनिधि सभा सदस्यका उम्मेदवार आकांक्षी डा. श्रीबहादुर कुँवरले पार्टीबाट राजिनामा दिएका छन ।
उनले आज बिहिवार समाजिक सञ्जाल फेसबुकमा पार्टी केन्द्रीय अध्यक्षलाई सम्बोधनसहितको पत्र सार्वजनिक गर्दै राजिनामा दिएका हुन ।
रास्वपाका नेता डा कँुवरले आफूलाई रुपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभाको उम्मेदवार बन्न भन्दै अमेरिकाबाट बोलाएर पछि धोका दिएको जिकिर गरेका छन ।
‘मलाई उम्मेदवार बनाउन अमेरिकाबाट बोलाएर समानुपातिकमा ५० हजार रुपैयाँ र प्रतयक्ष उम्मेदवारका लागि २५ हजार गरि ७५ हजार लिएर प्राईमरी भोटिंग नै नगरी कसैको खल्तिबाट सुनिल लम्साललाई टिकट दिएर रास्वपाको नीति बिपरित अन्याय गरेकाले मैले कुनै पदमा नरहने गरी राजिनामा गरेको छु’ उनले भनेका छन । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा थिए । उनि रास्वपाका महामन्त्री छन ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...