प्रचण्डको चुनावी क्षेत्रमा एमाले – प्रलोपाको नयाँ सहमति

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी रहेको रुकुम पूर्वमा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पुनः नयाँ सहमति गरेका छन ।
रुकुम पूर्व र पश्चिम दुबै क्षेत्रमा यसअघि जर्नादन शर्मा नेतृत्वको प्रलोपाका उम्मेदवारलाई एमालेले मतदान गर्ने निर्णय गरेसंगै एमाले कार्यकर्तामा व्यापक असन्तुष्टि आएपछि यस्तो सहमति गरिएको हो ।
एमाले र प्रलोपाबीच गरिएको नयाँ सहमति अनुसार रुकुम पूर्वमा एमालेका उम्मेदवार लालमणी गौतमलाई प्रलोपाले सघाउने छ भने एमालेले प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई दिएको समर्थन फिर्ता लिएको छ ।
यसअघि माघ १८ गते भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो ।
तर, एमालेले नयाँ सहमति गर्दै पुनलाई दिएको समर्थन फिर्ता लिएको हो । यसले प्रलोपाभित्र व्यापक असन्तुष्टि ल्याउने देखिन्छ । किनकी प्रलोपाका उम्मेदवार पुनले पछिल्लो निर्णय पार्टीका लागि आत्मघाती भएको कार्यकर्तालाई बताएका छन ।
नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड उम्मेदवार छन् । कांग्रेसबाट कुसुमदेवी थापा र रास्वपाबाट लखनकुमार थापालगायत ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
नेपालगन्ज । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज आईतवार बिहान चार जनालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ...
सल्यान । सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने १५ जना घाइते भएका छन् । ...
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । सर्जमिन मुचुल्काका ...