प्रचण्डको एकता र ध्रुविकरणको आव्हान क्रान्तिकारी भावनाबाट विचलित : विप्लव

काठमाडौँ । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्डले गरेको एकता र ध्रुविकरणको आव्हान क्रान्तिकारी भावनाबाट विचलित रहेको आरोप लगाएका छन ।
एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झुट बोलेको भन्दै उनले विप्लव एकतामा आएन भन्ने हल्ला झुट भएको बताए ।
शुक्रबार काठमाडौँमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै नेता विप्लवले आफूहरू एकतामा आउन चाहेपनि प्रचण्डले आह्वान गरेको एकता र ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट भागेको जिकिर गरे ।
नेपाली कम्युनिष्ट पार्टी ‘पार्र्टी’ जस्तो नभई मोर्चा जस्तो भएको उनले आरोप लगाए । ‘मोर्चा जत्तिको पनि छैन’, उनले भने, ‘२५ सय÷तीन हजार केन्द्रीय समिति कम्युनिस्टको हुर्मत लिने कुरा हो । बेइज्जत हो र बदनाम गर्ने कुरा हो ।’
मान्छे धेरै भएर कम्युनिस्ट पार्टी ठिक नहुने भन्दै विप्लवले यतिबेला लोभ लालच देखाएर घुइँचो लगाएर जनता मान्ने पक्षमा नरहेको बताए ।
विप्लवले आजको दिनमा प्रचण्ड माओवादी आन्दोलनलाई विसर्जन गर्ने बाटोमा लागेको आरोप लगाउँदै
आफैले विकास गरेका विचार र स्थापित गरेको इतिहासमा टिक्न नसक्दा कुरूप चित्र नेकपामा कुरूप चित्र देखिएको जिकिर गरे ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...