रुपन्देही– २ मा राप्रपामा सल्किएको विवाद चरम उत्कर्षमा

अजरन्यूज संवाददाता
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेससंगको चुनावी सहकार्यलाई लिएर भुसको आगो झै सल्किएको विवाद चरम उत्कर्षमा पुगेको छ ।
राप्रपाका क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले आज आईतबार रुपन्देहीको दुई नम्बर क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गरेको समाचार सार्वजनिक भएको थियो । उनले कांग्रेस उम्मेदवारको पक्षमा विज्ञप्ती नै जारी गरेका थिए । यस क्षेत्रमा राप्रपाको उम्मेदवारी छैन ।
तर लगत्तै क्षेत्रीय कोषध्यक्ष भगवती पाण्डे र जिल्ला अधयक्ष सागरप्रताप राणाले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै कांग्रेस क्षेत्र नं २ का उम्मेदवारलाई पार्टीले समर्थन गरेको भन्ने समाचारको खण्डन गरेका छन ।
उनीहरुले अहिलेसम्म पार्टीले आधिकारिक रुपमा कसैलाई समर्थन नगरिएको स्पष्ट पार्दै पार्टी क्षेत्रीय सभापतिले प्रलोभनमा परी गरेको एकल निर्णय मान्य नहुने बताएका छन । विज्ञप्तीमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको भन्ने कुरा पूर्ण रुपमा पार्टी संगठनको नीति बिपरित रहेको समेत उल्लेख छ ।
निर्वाचनको सम्मुखमा मतदाता प्रभावित पार्ने गरी गरिएको उक्त कार्यप्रति खेद प्रकट गर्दै विज्ञप्तिमा विचलित नहुँन आग्रह समेत गरिएको छ ।
राप्रपा भित्रको आन्तरिक विवादले यस क्षेत्रको चुनावी माहोल झन तात्न पुगेको छ । उम्मेदवारहरुले मतपरिणाम आफ्नो पक्षमा पार्न अनेक हत्कण्डा अपनाउन पुगेका छन ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...