दाङमा आजपाका उम्मेदवारले गरे नेकपाका उम्मेदवारलाई समर्थन

दाङ । दाङबाट आम जनता पार्टीका उम्मेदवार रहेका कृण्णबहादुर विकले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गरेको घोषणा गरेका छन् ।
सोमबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमका बिच आजपाका विकले आफ्नो पार्टीले उठाएका चुनावी एजेण्डासहित जनताको न्याय र सुशासन प्रबद्र्धनका लागि नेकपाले उठाएका सवाल समान रहेकाले समर्थन गरेको बताए ।
विकले विभिन्न नीति खारेज, लघुवित्त तथा वित्तिय संस्थाहरूकालाई राष्ट्रियकरण, लघुवित्तहरूको ऋण मिनाह, गरिब तथा विपन्न वर्ग समुदाय ३ प्रतिशत ब्याजदर कायम, भूमिहीन किसानलाई उचित बसोबासको व्यवस्थापन लगायतका मुद्धामा समान धारणा रहेकाले आफ्नो समर्थन रहेको उल्लेख गरे ।
सो अवसरमा नेकपा दाङ क्षेत्र नं. २ उम्मेदवार आचार्यले विकले उठाएका सवालहरुलाई नीतिगत व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...