तानसेनलाई पर्यटकीय शहर बनाउनुपर्छ : नेता पाण्डे

बुटवल, १८ माघ ।
आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार बनेका सोमप्रसाद पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक शहर बनाउने योजना आफूसंग भएको बताएका छन ।
नेता पाण्डेले आईतबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी पाल्पाको तानसेनलाई भक्तपुर जस्तै ऐतिहासिक पर्यटकीय शहर बनाउन चाहेको बताए । तानसेनलाई लुम्बिनीसंग जोडेर बुद्ध गार्डेनका रुपमा विकास गर्न श्रीनगरमा बौद्ध मन्दिर बनाउने अवधारणा आफूले ल्याएको उनले उल्लेख गरे ।
उनले भने, ‘लुम्बिनीमा आउने पर्यटकलाई तानसेन ल्याउन र पर्यटकीय शहरका रुपमा यसलाई विकास गर्न तानसेनमा विशाल बौद्ध मन्दिर बनाउने अवधारणा मैले लिएको छु ।’ उनले पाल्पाको श्रीनगरलाई हिल स्टेशनको रुपमा विकास गरिनु पर्ने पनि बताए ।
पूर्वमन्त्री समेत रहेका उम्मेद्वार पाण्डेले तानसेनसंग जोडेर माडीमा चक्रपथ निर्माण, हार्थोक–छहरा, तानसेन—पोखरा सडकको स्तरोन्नति लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको उल्लेख गरे ।
उम्मेद्वार पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको भन्दै पहिलो पटक विं.सं २०७५ सालमा तत्कालिन अर्थमन्त्री युवराज खतिवडालाई प्रस्ताव पेश गरेको बताए । सुरुङमार्ग निर्माणको लागि आफूले सडक विभागसंग समन्वय गर्दा विभागले सुरुङमार्ग सम्बन्धी बिज्ञ इन्जीनियर नेपालमा नभएको बताएपछि आफूले स्वीजरल्याण्डका राजुतलाई विज्ञ झिकाउन र सहयोग गर्न अपिल गरेर डिजाइन गरिएको पाण्डेले उल्लेख गरे । स्रोत सुनिश्चित गरी बजेट ब्यवस्थापन समेत गरेर हाल निर्माण भइरहेको सुरुङमार्गले तिनाउबासी मात्र नभएर पाल्पा आउनेजाने सबै यात्रुलाई अब सहज हुने पाण्डेले बताए ।
नेता पाण्डेले पाल्पाबासीसंग सुखदुःखमा सधै संगै रहेको भन्दै पाल्पाली जनताको मतकोे सम्मान गर्ने र हारजित जेसुकै भएपनि जनतासंगै रहने बचनबद्धता ब्यक्त गरे ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...