निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सबै जिम्मेवार बनौं : प्रधानमन्त्री

रुपन्देही । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेकी छन ।
उनले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी तयारीका साथ काम गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएकी छन् ।
निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन ।
आज बिहान मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलमा प्रधानमन्त्री कार्कीसहित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकको आयोजन गरिएको थियो । त्यसक्रममा प्रधानमन्त्रीले समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएको लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सूचना संकलित गरेर आवश्यक रणनीति तय गरिने जनाईएको छ ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...