आफ्ना उम्मेदवारलाई बिप्लवको निर्देशन

अजरन्यूज संवाददाता
बुटवल । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सविधान संशोधन र राज्य पुनःसंरचनाको मुद्दा लिएर जनताका घरदैलोमा जान निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गतका साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका उम्मेदवार तथा अगुवा कार्यकर्तालाई बुटवलमा प्रशिक्षण दिदै विप्लवले अहिलेको निर्वाचनमा सबैभन्दा नयाँ र जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै रहेको जिकिर समेत गरेका छन् ।
उनले जनताले माओवादी पार्टीलाई राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बलियो शक्तिको रुपमा समेत हेरेको दाबी गरे ।
पछिल्लो समय कतिपय पार्टीले लोकप्रियताको आवरणमा विदेशी डिजाइनको प्रतिनिधित्व गरेको संकेत गर्दै नेता बिप्लवले उक्त खेलमा देशभित्र गम्भीर चलखेल भईरहेको जिकिर गरे ।
महासचिव विप्लवले शुशिला कार्की नेतृत्वको सरकारले स्वतन्त्र पहिचान गुमाएको दाबी गर्दै कार्की सरकार रास्वपाको सरकार भएको समेत बताए । चुनाव गराउने जिम्मा लिएर सरकारको मन्त्री बनेकाहरु जिम्मेवारी छाडेर रास्वपाको उम्मेदवार बन्दै हिड्नुले अस्वभाविक डिजाइनको संकेत समेत गरेको उनले उल्लेख गरे ।
प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, पोलिटव्यूरो सदस्यहरु वसन्त श्रेष्ठ, बाला थापा, केन्द्रीय सदस्यहरु संगम पुन, धिरज राना, शरद ओली लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रममा उम्मेदवारहरुले जिल्ला र निर्वाचन क्षेत्रको वस्तुस्थिति बारे रिपोर्टिङ गरेका थिए । माओवादीले लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये २३ वटा क्षेत्रमा उम्मेदवार दिएको जनाएको छ ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...