नयाँ खुलेका दलमा पनि पुरानै रोगको संक्रमण : माओवादी

अजरन्यूज संवाददाता
बुटवल । नेकपा माओवादीका पोलिटव्युरो सदस्य बसन्त श्रेष्ठले वैकल्पिक शक्तिका नाममा नयाँ खुलेका दलमा पनि पुरानै रोगको गम्भीर संक्रमण देखिएको बताएका छन ।
आज शुक्रबार बुटवलमा पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले नयाँ दल खुले पनि तिनमा पुरानै रोगको गम्भीर संक्रमण देखिएको उल्लेख गरे ।
नेता श्रेष्ठले नेपाली जनताले खोजेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने कुरामा आफ्नो पार्टी प्रतिबद्ध रहेको जिकिर समेत गरे ।
अहिले चुनावका नाममा उम्मेद्ववारहरुले भ्रष्टाचारको बिउ रोप्ने काम गरेको आरोप लगाउँदै भने–‘अहिले यो चुनावमा देखिएको तडकभडकले भ्रष्टाचारको अन्त्य हुन्छ र सुशासन आउँछ भनेर कसरी पत्याउने ?’
रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको परिचयात्मक तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य श्रेष्ठले आगामी निर्वाचनले पनि देशलाई निकास दिनेमा आशंका व्यक्त गरे ।
कार्यक्रममा पार्टीका रुपन्देही इन्चार्ज शरद वली, माओवादीका तर्फबाट रुपन्देहीका क्षेत्र नं. २ का उम्मेदवार विरेन्द्र विक, क्षेत्र नं. ४ का उम्मेदवार विष्णुप्रसाद तिवारी र क्षेत्र नं. ५ का उम्मेदवार विष्णुप्रसाद भट्टराईले आफ्नो चुनावी एजेन्डासहित प्रतिबद्धता व्यक्त गरेका थिए ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...