अहिलेको लडाई राष्ट्रलाई गुलाम बनाउन खोज्ने र रक्षा गर्न खोज्ने प्रवृत्तिका बीचमा : प्रचण्ड

अजरन्यूज संवाददाता
बाग्लुङ । नपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने निर्वाचन राष्ट्रलाई गुलाम बनाउन खोज्ने र राष्ट्रको रक्षा गर्न खोज्ने प्रवृत्तिका बिरुद्धको लडाई भएको बताएका छन ।
नेकपा र जनमोर्चाले आज बिहिवार बाग्लुङको गल्कोट र बुर्तिबाङमा आयोजित जनसंवाद तथा भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले आउँदो निर्वाचन नियमित संसदीय निर्वाचन जस्तो सामान्य नभएको बताए ।
यतिबेला सामाजिक सञ्जालबाट जनतालाई दिग्भ्रमित पार्ने ठूलो कसरत भईरहेको उल्लेख गर्दै उनले निर्वाचनका माध्यमबाट जनताका बिचमा गएर राष्ट्र संकटमा पर्नुको सच्याई र निकासबारे स्पष्ट पार्नुृपर्ने धारणा राखे ।
‘यो निर्वाचन हो, आउँछ जान्छ भन्ने होईन, यो असाधारण निर्वाचन हो ।’ प्रचण्डले भने – ‘२४ गते देशलाई बिध्वंश गर्ने तत्व र यस्ता प्रवृति विरुद्ध राष्ट्रलाई एकतावद्ध बनाउने शक्तिबिच निर्वाचन हँुदैछ ।’ उनले बाग्लुङको सहकार्य सिंगो देशले हेरिरहेको समेत बताए ।
सोही कार्यक्रममा बोल्दै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगामीहरुका हर्कतलाई आगामी निर्वाचनको मतपरिणामले सशक्त जवाफ दिनुपर्ने बताए । यस्तो जिम्मेवारी जनताले निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...
बुटवल । नवलपरासीकाे रामग्राममा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन भएको छ । आज शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै ...