पूर्णबहादुरको सारङ्गीले सिर्जना गरेको एउटा छुट्टै विरहको धुन

पूर्णबहादुरको रुपमा प्रस्तुत विजय बराल यस चलचित्रमा धेरैचोटि रोएका छन । तर तिनको आँखा न रसाउँछ न तिनले आँखाबाट आँशु नै खसाल्छन् । एकथोपा आँशु खसाल्न कञ्जुस्याइँ गर्ने बरालको यो अभिनयभरि मेरो आँशु खसेन । बरु अन्त्यतिर प्रकाश सपुतको देब्रे आँखाबाट धरक्क आँशु झर्दा मेरा आँखा रसाएका थिए ।
दर्शकको आँशु झार्न सफल भएर मात्र चलचित्रलाई सफल मान्न सकिन्न । आँशु झार्न सक्नु सवल पक्ष होला तर पूर्णबहादुरको सारङ्गीका केही दुर्बल पक्षहरु पनि छन् । यसले एउटा छुट्टै विरह ध्वनित गरेको छ ।
तर आमा बाटुली चाहिं प्रगतिशील विचारकी हुन्छे । छोरा स्वाभिमानी बनोस् । स्कुल जावोस् र पढोस् । सहर पसोस् र उच्च शिक्षा ग्रहण गरोस् । रुढीवादी परम्पराबाट आफूलाई मुक्त पारोस् । आधुनिक जीवन बाँचोस् भन्नेमा जोड दिन्छे । समग्रमा बाटुली मातृसत्ता स्थापना गर्न खोज्छे । यहाँसम्म आउँदा नायिकालाई एउटी विद्रोही आमाको भूमिकामा उभ्याएर समग्र नारीप्रति न्याए दिलाइएको छ । आमाबाको भूमिकाको सन्दर्भमा यतिबेलासम्म चलचित्रले सन्तुलित गति लिएर अघि बढिरहेको देखिन्छ ।
तर पछि पूर्णबहादुर र बाटुलीको विचार बाझिन्छ । जब बाटुलीलाई पोइल गएको प्रस्तुत गरिन्छ तब चलचित्रको गरिमा एकाएक गिरेको भान हुन्छ । बाटुली अर्कै एक जनाको प्रेममा फस्छे र शहर पस्छे । छोराको सुन्दर भविष्यको लागि उसले यस्तो निर्णय लिएकी हो । पितृसत्ताले उसलाई यस्तो निर्णय लिन बाध्य पारिन्छ । नायिकालाई एक्कासि यसरी प्रस्तुत गरिंदा पितृसत्तात्मकतावाद हावी भएर आएको देखिन्छ । चलचित्र हेर्दैगर्दा कति सचेत महिलालाई यो त सिधै मातृद्रोह हो भन्ने लाग्यो होला ।
छोराको उज्ज्वल भविष्यको लागि बाटुली शहर पसेर गिट्टी कुट्न सक्थी । अरुको घरमा लुगा धुन सक्थी । होटलमा भाँडा माझ्न सक्थी । मकै पोल्न सक्थी । गुट्का, साग, चटपटे, पानीपुरी बेच्न सक्थी । आमाले यसरी संघर्ष गरेर छोरालाई पढाएको दृश्य चलचित्रमा देखाउन सकिन्थ्यो । या त पूर्णबहादुर र बाटुली दुवैको सल्लाहमा घर बेचेर या सारङ्गी बेचेर दुवै जना शहर पस्न सक्थे । अनि छोराले उच्च शिक्षा पूरा गरेको भए बल्ल सन्ततिको भविष्यमा दुवै अभिभावकद्वारा सन्तुलित जिम्मेवारी निभाइएको देखिन्थ्यो । बाआमा दुवैको संघर्षले छोरा डाक्टर बनेको देखाइएको भए बल्ल न्यायपूर्ण हुन्थ्यो । नर र नारी रथका दुइ पांग्रा हुन् भन्ने हाम्रो सामाजिक मान्यता छ । तर यस चलचित्रमा नारीलाई नीचभावमा प्रस्तुत गरिएको प्रष्ट देखिन्छ । चलचित्रमा महिला पांग्रालाई जबरजस्ती दुर्घटनामा पारेर पुरुष पांग्रालाई मात्रै जीवनसंघर्षको बाटोमा गुडाउन खोजिएको छ । यहाँ प्रश्न उठन सक्छ- परिवर्तनको लागि के नारीले आफ्नो अस्मिता बेचेकै हुनपर्छ र ?
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...