सुनवलमा सडक पार गर्ने क्रममा हाइसको ठक्कर, ६८ वर्षीया दिलमायाको उपचारका क्रममा मृत्यु

सुनवल । सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको हाइसको ठक्करबाट पश्चिम नवलपरासीको सुनवलमा एक महिलाको ज्यान गएको छ।
सुनवल नगरपालिका–४ लक्ष्मीपथकी ६८ वर्षीया दिलमाया दर्जीको दुर्घटनामा परी मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार मंगलबार साँझ करिब ८ः४० बजे सडक पार गर्दै गरेकी दर्जीलाई पूर्वबाट पश्चिमतर्फ गइरहेको लु २ ख ५०९७ नम्बरको हाइसले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भयो।
साँझको समयमा भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्रमा दुःखद अवस्था सिर्जना गरेको छ। दुर्घटनापछि प्रहरीले हाइस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।
अजरन्यूज डेस्क बुटवल । नेपाल प्रहरीको इतिहासमा बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले नयाँ बहस जन्माएको ...
काठमाडौं । नेपाल प्रहरीको नेतृत्वमा अप्रत्याशित फेरबदल भएको छ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) ...
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...