जनपक्षीय मुद्धा उठाउँदै घरदैलोमा माआवादी उम्मेदवार

बुटवल । रुपन्देही क्षेत्र न–ं २ मा नेकपा (माओवादी)का उम्मेदवार बिरेन्द्र बिकले जनपक्षीय मुद्धा उठाउँदै घरदैलो अभियानलाई निरुन्तरता दिएका छन ।
ठूला भनिएका दलहरुले प्रचारप्रसारमा बढी ध्यान दिएपनि आफूले भने सानो–सानो समूहमा घरदैलो र भेटघाट गर्दै पार्टीका ऐजेण्डा जनता समक्ष लगेको बताए ।
‘हामी घरदैलोमा पुग्दा जनता उत्साहित छन, त्यसले हामीलाई पनि उत्साह थपेको छ ।’ उम्मेदवार बिकले भने– ‘जेनजीको वास्तविक प्रतिनिधि हाम्रो पार्टी र हामी हो । हामीलाई विजयी बनाउनुहोस ।’
उनले जनतासंगको भेटघाटमा भ्रष्टाचार, अनियमितता र अपारदर्शी लगायतका कारण देशमा पछिल्लो बिद्रोह सिर्जना हुन पुगेको भन्दै गुलावको फूल चिन्हमा मतदान गरेर वास्तविक जेनजी प्रतिनिधिलाई विजयी बनाउन आग्रह गरे ।
आफूहरुले यस क्षेत्रका जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै उम्मेदवार बिकले २०४६ साल यता राज्यका सार्वजनिक निकायमा पदधारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने माग आफूहरुले अघि सारेको बताए ।
‘छानबिन गरेर दोषी ठहरिएमा उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ र दोषीलाई जन्मकैदको व्यवस्था हुनुपर्दछ’, उनले भने ।
भोट माग्न मतदाताको घरदैलोमा पुग्दा माओवादीले कृषिबाट देशलाई आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारेको छ । कृषिबाट आत्मनिर्भर बनाउदै व्यापार र उद्योगको विस्तारबाट देशलाई समृद्धितिर लैजाने आवश्यकता उम्मेदवार बिकले औल्याए ।
अजरन्यूज संवाददाता प्यूठान । प्यूठान गाैमुखीकाे जंगलमा शिकार खेल्ने क्रममा गोली लाग्दा एक किशोरको ज्यान गएको छ । संगै रहेकी ...
पोखरा । प्रदेशकाे मन्त्री बन्न नपाएपछि गण्डकीका एक प्रदेशसभा सदस्यले राजिनामा दिएका छन् । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदा ...
अजरन्यूज संवाददाता बुटवल । बुटवलको याेगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनकाे सिक्री चाेरी गरेर फरार दुई महिला कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ...