शहिद परिवारले लखेटे पूर्व मुख्यमन्त्री

रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा रुकुम पश्चिममा कार्यक्रम हलबाट ‘लखेटिए’का छन् ।
नेकपा छाडेर प्रलोपातिर लागेका शर्मालाई कार्यक्रममा सहभागी हँुदै गर्दा लखेटिएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा तत्कालीन नेकपा (माओवादी केन्द्र)कालमा बनाइएको सहिद स्मृति प्रतिष्ठानको हलमा शनिबार आयोजित चुनाव प्रचारप्रसारमा पुगेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले उनलाई उक्त हलबाट लखेटेका जनाइएको छ । तर नेकपाले शहिद परिवारले लखेटेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवं डीएसपी वेदप्रसाद पौडेलले कार्यक्रम गर्ने विषयमा हलभित्र सामान्य विवाद भएको र पछि कोणसभा बाहिर गरिएको बताए । पूर्वमुख्यमन्त्री शर्मा र नेकपाका नेता गोपाल शर्माका कार्यकर्ताबीच विवाद भएको उनले जानकारी दिए ।
नेकपा रुकुम पश्चिमले भने प्रतिष्ठानको ताला तोडफोड गरी सभाहलमा प्रवेश गर्ने क्रममा सहिद तथा घाइते परिवारले लखेटेको जिकिर गरेको छ ।
माओवादी केन्द्रबाटै शर्मा मुख्यमन्त्री बनेका थिए । प्रलोपामा लागेपछि उनलाई नेकपाले पार्टीबाट निष्कासन गरेको थियो ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...