बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहन विक्रम सिहंले बागलुङमा गरिएको चुनावी एकता राष्ट्रिय रुपमा राजनैतिक एकताको सन्देश भएको बताएका छन ।
नेपाली कम्युनिष्ट पार्टी र राष्टिय जनमोर्चाबीच चुनावी तालमेलपछि आज बुधवार आयोजित शिर्ष नेता सम्मिलित कार्यक्रममा बोल्दै प्रचण्डले जेन्जी आन्दोलन पवित्र उद्देश्यले भएपनि २४ गतेको आन्दोलन विदेशी तत्वबाट हाइज्याक भएको प्रचण्डले बताए ।
उनले ढिलो चाडो नेपालका कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेको उल्लेख गरे । जेन्जी आन्दोलनका कारण मुलुक निर्वाचनमा गएको बताउदै प्रचण्डले निर्वाचनको समय तालिकामा शंका नगर्न आग्रह गरे ।
‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, निर्वाचन नजिकिदै गर्दा नेपाली कम्युनिष्ट पार्टीमा जनलहर सृजना भइरहेको छ’ प्रचण्डले भने ‘निर्वाचनको परिणाम जनताले चाहेजस्तो हुन्छ, प्रतिकृयावादीले चाहे जस्तो हुन नेपाली जनताले दिदैनन् ।’
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिहंले राजनैतिक संकट टार्न निर्वाचनमा गएको बताए । युवाहरुको आन्दोलन पवित्र भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै उनले नेपालमा अस्थिरता कायम गर्न विदेशी तत्व सक्रिय भएको जिकिर गरे । उनले नेपालको भविश्य जोगाउन कम्युनिष्टहरु एक हुन आवश्यक रहेको बताए । राष्ट्रियताको रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको सिंहको भनाई छ ।
नेपालको कम्युनिष्ट राजनैतिक मंचमा देखिने बिरलै दृश्य बागलुङमा प्रचण्ड र मोहन बिक्रम एउटै मञ्चमा एउटै उद्देश्यका साथ देखिएका छन् । प्रचण्डले मोहन बिक्रमसँगको राजनैतिक मञ्च बिरलै रहने र ऐतिहासिक भएको बताएका छन् ।
प्रचण्डले बागलुङमा आएर गिलास चिन्हमा भोट माग्दै राजमोका कृष्ण अधिकारीलाई जिताउन आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आधार इलाकाको रुपमा रहेको बागलुङ क्षेत्र नम्बर १ मा नेकपाले जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरे अनिललाई सघाएको छ ।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ को अध्यक्षता र राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाको संचालनमा सम्पन्न भएको थियो ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...