पाेखराका पूर्व मेयर थापाकाे हृदयघातबाट निधन

बुटवल । नेकपा एमालेका नेता एवं पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाकाे निधन भएको छ ।
एमालेको पार्टी अफिसमा कास्की क्षेत्र नम्बर १ समन्वय कमिटीको बैठकलाई सम्बोधन गरे लगत्तै हार्ट अट्याक भएर ढलेका थापालाई मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । तर चिकित्सकले केही समयकाे उपचार प्रयासपछि उनलाई मृत घाेषणा गरेका थिए ।
थापा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की जिल्ला ईन्चार्ज समेत हुन ।
२०५४ को स्थानीय तह निर्वाचनमा पोखरा नगरपालिकाको मेयर निर्वाचित थापा संविधानसभा सदस्य थिए । उनी एमाले कास्कीको अध्यक्ष हुँदै तीन कार्यकाल केन्द्रीय सदस्य भएका हुन् ।उनकाे निधनले एमाले कास्कीमा अपुरणीय क्षति पुगेकाे छ ।
कपिलवस्तु । कपिलवस्तुमा बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ भने चालक घाइते ...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राज्य सञ्चालनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै राज्य राज्यजस्तो नरहेको टिप्पणी गरेका छन्। प्रेस ...
दाङ । दाङको देउखुरीमा मध्यराति भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ...