विदेशी खेलाडीको आगमनले एनपीएलमा थपियो रौनक, नेपाली क्रिकेटप्रेमी उत्साहित

अजरन्यूज डेस्क
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटमा नयाँ उत्साह र उमंग थपेको छ।
विश्व क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित विदेशी खेलाडीहरूको सहभागिताले यसपटकको एनपीएल थप आकर्षक बनेको छ। विदेशी स्टार खेलाडीलाई नेपाली मैदानमा प्रत्यक्ष खेलिरहेको हेर्न पाउँदा क्रिकेटप्रेमीहरू उत्साहित छन्।
कात्तिक १० गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी खेलाडीसँगै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित अनुहारहरूको उपस्थिति छ।
यसपटकको एनपीएलमा अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आक्रामक अलराउन्डर आन्द्रे रसेल, दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर, बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसन, इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिम्मी निसमजस्ता खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण बढाएको छ।
यी खेलाडीको उपस्थितिले एनपीएललाई घरेलु प्रतियोगितामा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय क्रिकेटको ध्यान नेपालतर्फ आकर्षित गर्न मद्दत गरेको छ। विश्व क्रिकेटमा स्थापित खेलाडीलाई आफ्नै मैदानमा खेलिरहेको हेर्न पाउनु नेपाली दर्शकका लागि विशेष अवसर बनेको छ।
भैरहवा । रुपन्देही जिल्ला क्रिकेट टीम प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन ...
अजरन्यूज डेस्क काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटमा नयाँ उत्साह र उमंग थपेको छ। विश्व ...
काठमाडौँ महानगरपालिकाको कार्यालयले चलानी नं. १६६ भएको पत्र नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी कार्यालयको नाममा काटेको छ र विषय जरिवाना सम्बन्धमा उल्लेख गरिएको छ l