पत्रकार सिटौलाको शव पोस्टमार्टम गरिदै

बुटवल । चलचित्र पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गर्न परिवार राजी भएका छन । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान दिइसकेकाले पोस्टमार्टम नगराउने अडान लिएका थिए ।
अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीको सुझावपछि परिवार राजी भएका हुन् । डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आयो भने पोस्टमार्टम रिपोर्ट चाहिने भन्दै परिवारलाई कन्भिन्स्ड गरेका थिए ।
ग्राण्डीबाट पोस्टमार्टमका लागि सिटौलाको शव टिचिङ अस्पताल लगिएको छ । अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताईसकेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो ।
आज उपचारको क्रममा भेन्टिलेटरमा रहेकै अवस्थामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारका क्रममा संगै अछाममा पुग्दा ब्रेन ह्यामरेज भई ...
बुटवल, १८ माघ ।आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट ...
पत्रकारिताबाट सांसद बनेर जनताका समस्या सम्बोधन गर्ने ठाँउमा जाने प्रयत्नमा केही पत्रकार लागेका छन ।बिगतमा राजनीतिक दलका नेताहरुको समाचार लेखेर ...