पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारका क्रममा संगै अछाममा पुग्दा ब्रेन ह्यामरेज भई बेहोस भएका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।
काठमाण्डौको ग्राण्डी अस्पतालले आईतबार विज्ञप्ति निकालेर उनको दिउँसो निधन भएको जानकारी दिएको हो ।
अछाममा बालेनको चुनावी प्रचारमा सहभागी भइरहेका बेला उनि एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ लगेर ग्राण्डी अस्पताल भर्ना सहित उपचार गरिएको थियो । अस्पतालका अनुसार उनको ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत थिएन ।’
बुटवल । चलचित्र पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गर्न परिवार राजी भएका छन । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान ...
बुटवल, १८ माघ ।आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट ...
पत्रकारिताबाट सांसद बनेर जनताका समस्या सम्बोधन गर्ने ठाँउमा जाने प्रयत्नमा केही पत्रकार लागेका छन ।बिगतमा राजनीतिक दलका नेताहरुको समाचार लेखेर ...