घृणाजन्य अभिव्यक्ति बन्द गर्न दलहरुलाई मानवअधिकार आयोगको आग्रह

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति बन्द गर्न सबै दल , उम्मेदवार र नेताहरुलाई आग्रह गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा शिर्षथ नेताहरुबाटै घृणाजन्य अभिव्यक्ति बढ्दै गएको छ । यस्तो कृयाकलापले निर्वाचनको वातावरण बिग्रिन सक्ने भन्दै आयोगले घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्ति सुरक्षामा समेत असर पर्ने देखिएकोमा सबैलाई गंभिर हुन भनेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार, विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकार्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोप–प्रत्यारोप गरिएको छ ।
“नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरूको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन,” आयोगले भनेको छ ।
कसैले पनि संविधान, कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित हुन आयोगले आग्रह गरेको छ ।
बुटवल । चलचित्र पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गर्न परिवार राजी भएका छन । परिवारका सदस्यहरूले सुरूमा अस्पतालले आधिकारिक बयान ...
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारका क्रममा संगै अछाममा पुग्दा ब्रेन ह्यामरेज भई ...
बुटवल, १८ माघ ।आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि पाल्पा क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट ...